‘आरोप’ गीतमा किशोर र सञ्चिताको रोमान्स (भिडियो)



दिलासा क्रियसनको ब्यानरमा अमर ओलीको निर्देशनमा बनेको चलचित्र ‘आरोप’ को ‘ए मन’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा र नित्याशिवा र प्रह्लाद तिमिल्सिनाको आवाज रहेको छ ।

चलचित्रको कथा लेखन लक्ष्मण सुवेदीले गरेका छन् । यसमा बिजय पाठक र दिनेश राउतको निर्माण, बिरेन्द्र भट्टको छायांकन ,कमल राईको नृत्य, सानु कुमार महर्जनको द्वन्द्व छ ।

साहिल खानको सम्पादन रहेको् चलचित्रमा किशोर खतिवडा, सञ्चिता लुइँटेल, रिचा थापा, उद्धव गिरी, प्रेम खड्काको अभिनय रहेको छ । आरोपको रिलिज मिति माघ ११ गतेलाई घोषणा गरिएको छ ।

युवा युवतीहरु विचको त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा युवा अवस्थाको विभिन्न अवस्थालाई चलचित्रमा समेटिएको निर्माण पक्षले बताएको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu