अभिनेत्री प्रियंका कार्की र अभिनेता अर्पण थापाको लिड अभिनय रहेको चलचित्र ‘अनागत’ को अफिसियल टिजर र प्रदर्शन मिति घोषणा गरिएको छ । माघ ११ गतेलाई रिलिज डेट लक गरिएको चलचित्रको टिजरमा श्रीमान्-श्रीमतीबीच घर व्यवहारमा उब्जिने समस्यालाई देखाइएको छ ।

टिजरमा अभिनेत्री प्रियंका र अभिनेता अर्पण बीचको अन्तरंग दृश्यलाई समावेश गरिएको छ। चलचित्रमा दुई श्रीमान्-श्रीमतीको भूमिकामा छन् । साम्तेन भुटियाले चलचित्रलाई निर्देशन गरेका हुन् ।
सस्पेन्स थ्रिलर जानरामा निर्माण भएको चलचित्रमा अर्पण र प्रियंकासँगै प्रविण खतिवडा र रोशिन सुवेदीको मुख्य भूमिकामा छन् । माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा चलचित्र निर्माण भएको हो ।
चलचित्रमा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयं निर्माता रहेका छन् । चलचित्रलाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथाको स्वरूप दिएका हुन् ।
टिजर हेर्नुहोस् :-






