‘कागजपत्र’ मा यस्तो देखियो नाजिर र शिल्पाको केमेस्ट्री



चैत्र ८ गतेलाई आफ्नो प्रदर्शन मिति तय गर्दै चलचित्र ‘कागजपत्र’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक ४ पोस्टरमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकलाई स्थान दिइएको छ ।

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुती र वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा अपिल बिष्टको लेखन तथा निर्देशन रहेको छ । ‘कागजपत्र’ सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक अपिल बिष्टले बताए ।

खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी निर्माता रहेको ‘कागजपत्र’ मा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । चलचित्रमा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रलाई अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu