कंगनाको ‘मणिकर्ण‍िका’ ट्रेलर रिलिज



बलिउड अभिनेत्री कंगना रनौटको प्रमुख भूमिका रहेको चलचित्र ‘मणिकर्ण‍िका : द क्विन अफ झाँसी’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ । तीन मिनेट उन्नाइस सेमेण्डमा कंगना, भव्य अवतारमा देखिएकी छन् । चलचित्रमा उनले झाँसीकी रानीको भूमिका निभाएकी छन् ।


‘मणिकर्णिका’ कंगनाको करिअरको दोस्रो पिरियड चलचित्र हो । चलचित्रको ट्रेलरमा उनलाई अंग्रेज विरूद्ध लड्दै गरेको देख्न सकिन्छ । झाँसीकी रानीको गेटअपमा उनको लुक निकै सानदार देखिएको छ । पहिलो पटक उनले लडाकु योद्धाको भूमिका निभाएकी हुन् ।

उनले यसमा आफ्नो भूमिका रियल देखाउनका लागि कडा मिहिनेत गरेकी छन् । चलचित्रमा ड्यानी, अंकिता लोखण्डे, सुरेश ओबेराय, कुलभूषण खरबन्दा लिड अभिनयमा छन् । यो चलचित्र निर्माणको बेलादेखि नै चर्चामा थियो । चलचित्र लामो समयदेखि विवादमा पनि रहेको थियो ।

यस चलचित्रका निर्देशक कृष जगारला मुन्डीले फिल्म बीचमा नै छाडेका थिए । यसपछि कंगना रनौटले ४५ दिनको सेड्युलमा फिल्मको केही भागको निर्देशन आफैंले गरेकी थिइन् । चलचित्रका निर्माता कमल जेनका अनुसार, कंगनाले फिल्मको ७० प्रतिशत आफैंले निर्देशन गरेकी हुन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu