प्रदीप र जसिताको ‘लभ स्टेशन’ चैत १ मा



अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’ अब १ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ । यसअघि यो चलचित्रलाई फागुनको अन्तिम तेस्रो साता वा चैतमा रिलिज गर्ने भनिएको थियो ।

यो चलचित्रका प्रस्तुतकर्ता एवम् वितरक गोबिन्द शाहीले बुधबार ‘लभ स्टेशन’ को रिलिज मिति घोषणा गर्दै यसलाई १ चैतमा रिलिज गर्नुको कारणबारे भने, ‘मैले वितरण गरेको चलचित्र ‘क्याप्टेन’ १७ फागुनमा, ‘साईंली’ १५ चैतमा र ‘ए मेरो हजुर ३’ को रिलिज २९ चैतमा गरिने भएपछि यी चलचित्रको प्रदर्शन व्यबस्थित गर्न पनि ‘लभ स्टेशन’ लाई १ चैतमा रिलिज गर्ने निर्णय गरिएको हो ।’

हाल सम्पादनको अन्तिम चरणमा रहेको ‘लभ स्टेशन’ को अर्को साताबाट स्वराँकन सुरु हुने पनि उनले बताए । चलचित्रको दुई ओटा गीत तयार छ भने दुई गीतको छायांकन चाँडै नै गरिनेछ । यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्र लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu