बैशाखमा प्रियंका र आयुष्मानको ‘प्रेम दिवस’



चलचित्र ‘प्रेम दिवस’ को प्रदर्शन मिति घोषणा गरिएको छ । प्रियंका कार्की, आयुष्मान देशराज जोशी र बिशाल खरेल स्टारर चलचित्र आगामी बैशाख १२ गतेबाट प्रदर्शन हुने भएको छ ।

यो डेटमा यसअघि नै महसंचारको ब्यानरमा निर्माण भैरहेको सिनेमा ‘दाल भात तरकारी’ आउने पक्का भइसकेको छ । ‘प्रेमदिवस’ की मुख्य अभिनेत्री प्रियंकाले ‘दाल भात तरकारी’ मा पनि अभिनय गरेकी छन् ।

म्युजिकल लभस्टोरी कथामा निर्माण भएको चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । सञ्जय न्यौपानेको लगानी रहने चलचित्रमा कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजको छ ।

चलचित्रमा बसन्त सापकोटा, करण सिंह कार्की, दीपक शर्मा र महाराज थापाको संगीत, मानकृष्ण महर्जनको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, बनिष शाहको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu