‘न यता न उता’ मा अर्धवैशे पुरुषको कथा (भिडियो)



माघ २५ गतेबाट प्रदर्शनमा आउन तयार रहेको कमेडी चलचित्र ‘न यता न उता’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक भएको ट्रेलरमा बरिष्ठ हास्यकलाकार राजाराम पौडेललाई फरक-फरक चरित्रमा देख्न सकिन्छ । डन, मजदुर, ज्योतिष र युवतीको गेटअपमा उनी प्रस्तुत छन् ।

मिराज रोश र विशारद बस्नेतको संयूक्त निर्देशन रहेको चलचित्रमा राजारामका अलावा ऋचा शर्मा, समिर दिक्षित, छुल्ठिमम गुरुङ्ग, मिराज रोश, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, नम्रता सापकोटालगायतको अभिनय छ ।

निर्माण टिमले चलचित्रको कथा नेपाली फिल्ममा नै पहिलो रहेको दाबी गरेको छ । दुई जना अर्धवैशे पुरुषहरुको जीवनमा आइपरेको संकटलाई हास्य रुपमा दर्शाइएको निर्देशक मध्येका एक विशारदले बताए । सबै उमेरका दर्शकलाई चलचित्रले दुई घन्टा भरपूर मनोरञ्जन दिने उनको दाबी छ ।

यस चलचित्रले आफ्नो प्रचार-प्रसार भाइबरमार्फत् सुरु गरेको छ । भाइबरले उक्त चलचित्रको स्टिकर प्याक प्रस्तुत गरेको छ । यस चलचित्रको स्टिकर अब भाइबरको स्टिकर बजारमा सजिलै पाउन सकिने निर्देशक मिराजले जानकारी दिए । चलचित्रमा ओम गुरुङ र रिना लामा कार्यकारी निर्मातामा छन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu