निर्माता शाही निर्माता संघबाट बर्खास्त



निर्माता तथा वितरक गोविन्द शाहीलाई चलचित्र निर्माता संघले द्धितिय उपाध्यक्ष पदबाट बर्खास्त गरेको छ । करीब एक हप्ता अगाडि बसेको संघको बैठकले उनलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो । संघका महासचिव रोज राणाले यो कुराको पुष्टि गरेका छन् ।

उनले संघको विधि र विधान विपरित काम गरेका कारण बर्खास्त गरिएको बताए । नियमित बैठकमा तीन पटक उपस्थित नभए विधानअनुसार बर्खास्त हुने नियम रहेको बताउँदै महासचिव राणाले निर्माता शाही संघको बैठकमा पनि उपस्थित नभएको बताए ।


शाहीलाई बर्खास्त गर्नुको कारण बारे बताउँदै उनले भने, ‘उहाँ संघको नियमित बैठकमा उपस्थित हुनुभएन, संघको नाम बदनाम हुने गरि निर्माता तथा हल सञ्चालकमाथि अभद्र व्यबहार गर्नुभयो, पटक-पटक संघले छलफलका लागि बोलाउँदा समेत उपस्थित हुनुभएन । जसकारण उहाँलाई बर्खास्त गर्न संघ बाध्य भयो ।’

‘लिलिबिली’ को हिसाब-किताब पारदर्शी रुपमा नदेखाएको भन्दै निर्माता द्वय मिलन चाम्स र सुदीप खड्काले उजुरी दिएपछि त्यस विषयमा बुझ्न छलफलका लागि निर्माता संघको न्यायिक समितिले पटक-पटक बोलाए पनि निर्माता शाही उपस्थित नभएको उनले बताए । भन्छन्, ‘उहाँले संघलाई नै बेवास्था गर्नुभयो ।’

उनले थपे, ‘किन बर्खास्त नगर्नु पर्ने ? भनेर उहाँलाई स्पष्टिकरणका लागि पत्र पनि काटिएको थियो । तर उहाँले त्यसको पनि कुनै जवाफ दिनुभएन । यी र यस्तै कारणले कार्यसमिति बैठकले उहाँलाई बर्खास्त गरेको हो ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu