कलाकार विजय लामा वायुसेवा निगमको प्रवक्तामा नियुक्त



राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम व्यवस्थापनले वरिष्ठ क्याप्टेन विजय लामालाई प्रवक्तामा नियुक्त गरेको छ । उनी नेपाली चलचित्रमा पनि क्रियाशिल छन् । उनी अभिनीत पछिल्लो रिलिज चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ हो ।

निगमले बुधबारबाट लागू हुने गरी क्याप्टेन लामालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । सहायक प्रवक्तामा नवराज कोइराला नियुक्त भएका छन् ।

झण्डै तीन दशकदेखि निगमका जहाज उडाइरहेका लामा पछिल्ला केही वर्षदेखि १५८ सिट क्षमतायुक्त ‘ए ३२०–२००’ सिरिजका जहाज उडाइरहेका छन् ।

‘बोबी’, ‘षडङग’, ‘राँको’, ‘अझै पनि’ लगायतका चलचित्रमा उनको अभिनय छ । उनले नेपालमा छायांकन भएको हलिउड चलचित्र ‘एभरेष्ट’ मा पनि अभिनय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu