‘द म्यान फ्रम काठमाडौं’ को पोस्टर, गीत र ट्रेलर रिलिज



चलचित्र ‘द म्यान फ्रम काठमाडौं’ चैत १ गतेबाट प्रदर्शनमा आउने आएको छ । नेपाल प्रदर्शन पश्चात् विदेशमा चलचित्रको प्रदर्शन गरिने निर्माता नकिम उद्दिनले जानकारी दिएका छन् । उनी क्यूएफएक्स सिनेमाज् प्रमुख समेत हुन् ।

सिरिजको रुपमा ल्याउने तयारी भइरहेको यस चलचित्रको बिहीवार राजधानीमा एक कार्यक्रमका बीच रोमान्टिक पोस्टर, गीत र ‘एक्सन यूक्त’ दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका दुई लिड कलाकार जोसे म्यानुअल र आना शर्मालाई रोमान्टिक अन्दाजमा देख्न सकिन्छ ।


अन्तर्राष्ट्रिय बजारका लागि निर्माण गरिएको चलचित्रको सार्वजनिक ‘आकाशै घुमेर…’ बोलको गीतमा पनि यो जोडी फिचर्ड छन् । गीतमा निकिता श्रेष्ठ र जसोन कुँवरको स्वर छ भने गायक कुँवरकै शब्द तथा संगीत सुन्न सकिन्छ । यस चलचित्रलाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् । नेपाल र अमेरिकामा चलचित्र खिचिएको हो ।


नेपाली कथा अन्तर्राष्ट्रिय समुदायलाई देखाउन र सुनाउन आफूहरु उत्साहित रहेको कार्यक्रममा निर्माता उद्दिनले बताए । उनी भन्छन्, ‘नेपाली चलचित्रले अन्तर्राष्ट्रिय मार्केटमा स्थान पाउनुपर्छ भन्ने सोचका साथ हामीले यस चलचित्रमा एउटा सिन्सियर प्रयास गरेका छौं ।’

उनले उक्त चलचित्र विदेशका विभिन्न स्टुुडियो र नेटफिलिक्सलाई पनि पठाएको बताए । उनी थप्छन्, ‘‘द म्यान फ्रम काठमाडौं’ अन्तर्राष्ट्रिय मार्केटमा पुग्यो भने नेपाली चलचित्रलाई एउटा बाटो खुल्नेछ र यसले हामी सबैलाई अझ उत्कृष्ट चलचित्र बनाउने प्रेरण दिनेछ ।’’ निर्माता उद्दिनले उक्त चलचित्र एक्सन लभस्टोरी रहेको बताए ।


चलचित्रले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ । चलचित्रमा आना र जोसेसँगै बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ ।

चलचित्रको पोस्टर, गीत र ट्रेलर रिलिज कार्यक्रममा निर्देशक पेमा, बलिउड अभिनेता गुल्सन, पाकिस्तानी अभिनेता हमिद, नेपाली अभिनेत्री आना र अमेरिकी अभिनेता जोसेले पठाएको भिडियो सन्देश देखाइएको थियो । गुल्सनले चलचित्रको प्रिमियरमा नेपाल आउने बताएका छन् ।

ट्रेलर हेर्नुहोस् :-

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu