पोस्टरमा ‘सयकडा दश’



रामशरण पाठक निर्देशित चलचित्र ‘सयकडा दश’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका सबै कलाकारहरु अटाएका छन् । हाँस्यअभिनेता मनोज गजुरेलको डेब्यु फिल्म हो यो ।

उनीसहित राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेको अभिनय रहेको चलचित्रलाई निर्देशक पाठक स्वयमले लेखेका हुन् । माघ १८ मा चलचित्र रिलिज हुँदैछ ।

भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा चलचित्रले भन्छ । रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा चलचित्र निर्माण गरेका हुन् । चलचित्रले अंग्रेजी नयाँ वर्ष २०१९ छेकोमा थाइल्यान्ड र म्यानमारदेखि प्रदर्शन थालनी गर्ने जनाएको छ ।

चलचित्रका रामेश्वर कार्की छायाँकार हुन् । बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, दीलिप ओखेडाको कोरियोग्राफी रहेको चलचित्रमा रज्जु प्रधानको कथा छ । हास्यकलाकार राजाराम पौडेल चलचित्रको कार्यकारी निर्मातामा छन् । यस चलचित्रको ‘दाईलाई कुरा लाइदिनी’ गीत अहिले चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu