‘चपली हाइट ३’ बन्ने



पछिल्लो समय हिट चलचित्रको सिक्वेल निर्माण हुने क्रम निकै बढेको छ । यसबीच ‘चपली हाइट’ को तेस्रो सिरिज निर्माण हुने भएको छ । यसको पहिलो भाग ५ वर्ष अगाडि र दोस्रो सिरिज गएको २ वर्ष अगाडि प्रदर्शनमा आएको थियो ।

निर्माता अर्जुन कुमार अहिले ‘चपली हाइट ३’ को तयारीमा जुटेका छन् । उनले माघ तेस्रो साताबाट चलचित्रको छायांकन सुरु हुने जानकारी दिए । पहिलो र दोस्रो श्रृंखलामा नयाँ कलाकार लिएका उनले तेस्रो सिरिजमा भने चलेका कलाकार लिने तयारीमा छन् ।

उनी भन्छन्, ‘यसपटक स्टार कलाकार लिँदैछु । को हुन्छन् भन्ने चाहिँ अहिले पक्का भएको छैन ।’ यस फिल्मको दुई सिरिजलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए । फेरि दोहोरिने सम्भावना छ ? अर्जुन भन्छन्, ‘निर्देशन पनि फाइनल भइसकेको छैन ।’

‘चपली हाइट’ ले नेपाली चलचित्रको ट्रयाक परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । रोनाधोन चलचित्रबाट ‘मोनोटोनस’ भएका दर्शकलाई यो चलचित्रले फरक स्वाद पस्किने प्रयत्न गरेको थियो । पहिलो पटक नेपाली फिल्ममा इन्टिमेट सिन समेटिएको चलचित्र हो यो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu