‘गरुड पुराण’ को कमेडी ट्रेलर सार्वजनिक (भिडियो)



माघ ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘गरुड पुराण’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कमेडीले भरिपूर्ण छ । फरक पृष्ठभूमीका पुरुष पात्रको दौडधुप ट्रेलरमा देखाइएको छ ।

पारिवारिक प्रेमकथामा आधारित ‘गरुड पुराण’ का निर्देशक सुबास कोइराला हुन् । नाजिर हुसेन, लुनिभा तुलाधर, कर्मा शाक्य, प्रियंका सिंह ठकुरी, प्रविण खतिवडा, कामेश्वर चौरसिया, बसन्ध भट्ट, प्रकाश घिमिरे, जान्ह्वी बोहोरा, कमल देवकोटालगायतका कलाकारहरुको चलचित्रमा अभिनय छ ।

आकाश बराल, बिनोल खतिवडा र निर्देशक सुवास आफैंले लेखेको यो चलचित्रको कथा कशम नेपालको हो । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो चलचित्रले फरक पृष्ठभुमीबाट आएर काठमाडौंमा बाँच्नका लागि गर्नुपर्ने सघंर्षको कथा भन्छ ।

कार्यक्रममा बोल्दै निर्देशक सुबासले हास्य प्रधान जनरामा तयार पारेका कारण दर्शकले चलचित्र रुचाउने बताए । कलाकारहरु पनि दर्शकले फिल्म हेर्दा भरपूर मनोरञ्जन लिने विश्वास व्यक्त गर्छन् । यस चलचित्रको केही हप्ता अगाडि ‘म त पिरिममा….’ बोलको गीत सार्वजनिक भएको थियो ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu