दयाहाङको ‘आप्पा’ को गीत ‘हावा सरर’ सार्वजनिक (भिडियो)



जेठ २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आप्पा’ को पहिलो गीत ‘हावा सरर’ सार्वजनिक भएको छ । इदको अवसरमा सार्वजनिक गरिएको गीतमा अभिनेता दयाहाङ राई खुसी मुद्रामा कुहिरोको बाटोमा गाडी हुइँक्याउँदै देखिएका छन् । यो चलचित्रमा उनी ड्राइभरको भूमिकामा छन् ।

थुप्देन भुटिया र स्निहाश्री थापाको स्वर रहेको गीतमा अनमोल गुरुङको संगीत छ भने उमेश उपमाको शब्द छ । योज्ना प्रधानले कोरियोग्राफी गरेको सार्वजनिक गीतको भिडियो नेपाल-भारतको सिमानामा अवस्थित सन्दकपुरमा खिचिएको हो ।


चलचित्रको टाइटल क्यारेक्टरमा अभिनेता दयाहाङ छन् । उनले एक पिताको भूमिका निभाएका छन् । चलचित्रले बाबु-छोराको कथा वाचन गर्ने निर्देशक अनमोल गुरुङले बताए । यो चलचित्र माउन्टेन पिक्चर्स र सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको हो ।

नेपाल रिलिजको एक सातापछि भारतमा समेत प्रदर्शन हुने चलचित्रमा दयाहाङका अलावा तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चाको पनि प्रमुख भूमिका छ । रुदेन सादा लेप्चा निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा माबो हाङ रहेका छन् ।

चलचित्रको कथा निर्देशक स्वयंको हो । निर्देशक गुरुङ र उमेश उपमाको स्क्रिनप्ले रहेको फिल्ममा सैकत देवको ब्याकग्राउन्ड स्कोर छ । शैलेन्द्र डि. कार्कीले चलचित्र खिचेका हुन् । चलचित्रको अधिकांश छायांकन भारतको कालेबुङमा भएको हो ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu