साराको प्रेममा डुबे विजय (भिडियो)



गायक कर्णदास र गायिका प्रश्ना शाक्यको स्वरमा रहेको ‘तिमी टाढा कता कता’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । महँगो लागतमा मुस्ताङ र जोमसोम पुगेर खिचिएको गीतमा सारा सिर्पाली र विजय कार्की फिचर्ड छन् ।

किशोर दत्त बरालको शब्द रहेको गीतमा गायक कर्ण आफैंले संगीत भरेका छन् । भिडियोलार्ई बसन्त निरौलाले निर्देशन गरेका हुन् । चलचित्र निर्देशनमा स्थापित निर्देशक निरौला भिडियो निर्देशनमा पनि पछिल्लो समय व्यस्त देखिन्छन् ।

अभिनेत्री पवित्रा आचार्यले गीतमा कोरियोग्राफी गरेकी छन् । दिव्य सुवेदीको छायांकन रहेको गीतको भिडियोमा अरबिन्द पौडेल र अमिता पौडेलले लगानी गरेका छन् । दिव्य सुवेदीले खिचेको गीतमा सारा र विजयको केमेस्ट्री सुहाएको देखिन्छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu