‘तेरे नाम’ निर्देशकसँग सलमानको टिमअप



बलिउड सुपरस्टार सलमान खान र सतीश कौशिक वर्षौपछि फेरि एकसाथ देखिने भएका छन् । अभिनयको हिसाबमा सतीशले सलमानलाई उनको करिअरको सबैभन्दा बेस्ट फिल्म दिएका थिए- ‘तेरे नाम’ । यस फिल्मको छायांकनको क्रममा दुईबीच बहस भएको थियो र ‘कोल्ड वार’ आजसम्म पनि जारी छ ।

तर, अब पुरानो कुरा भुलेर सलमान र कौशिक एकपटक फेरि साथ देखिने भएका छन् । सतीश एक हरियाणवी फिल्म बनाउँदैछन्, ‘म्हारी छोरियां छोरो से कम हैं ?’ केवल यो फिल्मको पञ्चलाइन मात्र होइन कहानी पनि फिल्म ‘दंगल’ बाट प्रेरित छ । फिल्म एक हरियाणवी पिताको कहानी हो ।

कहानीमा एक पिता छोरा चाहन्छन् तर उनलाई छोरी हुन्छ । पछि छोरीले एक आईपीएस अफिसर बनेर परिवारको नाम उच्च राख्छिन् । खबरअनुसार, यो फिल्मलाई सलमानको होम प्रोडक्सन कम्पनी ‘सलमान खान फिल्म्स’ ले निर्माण गर्नेछ । वर्षौपछि पुनः सलमान र सतीश एकसाथ सहकार्य गर्न लाग्नु खुसीको खबर हो ।

लामो समयदेखि कौशिकले ‘तेरे नाम २’ को विषयमा भइरहेको प्रश्नमा जवाफ दिँदै आएका छन् । २००३ मा आएको फिल्ममा सलमान र भूमिका चावला लिड रोलमा थिए । निर्देशक कौशिकले ‘तेरो नाम’ को सिक्वेल बन्ने बताउँदै आएका छन् । अब यो फिल्म चाहिँ कहिले बन्छ ? यो भने प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu