‘गोपी’ द्वारा कविता प्रतियोगीता आह्वान



माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गोपी’ ले कविता प्रतियोगीता आह्वान गरेको छ । निर्माण कम्पनी आरोही इन्टरटेनमेन्ट बुधबार नगद पुरस्कारसहितको कविता प्रतियोगिता घोषणा गरेको हो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । त्यस्तै सात जनालाई जनही ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार पनि प्रदान गरिनेछ । प्रतियोगितामा विश्वका जुनसुकै स्थानमा बस्ने नेपालीहरुले भाग लिन पाउने निर्देशक दीपेन्द्र लामाले बताए ।


उनले भने, ‘प्रतियोगितामा भाग लिन उमेरको कुनै हदबन्दी छैन । सहभागीले फिल्मको ट्रेलर हेरेर स्वावलम्बन, स्वरोजगार र परिश्रमको भाव झल्किने कविता लेख्नुपर्नेछ ।’ सहभागीहरुबाट प्राप्त कवितालाई दुई कवि उपेन्द्र सुब्बा र नवराज पराजुलीले मूल्यांकन गरेर विजेता छनोट गर्नेछन् ।

आगामी माघ ७ सम्म प्राप्त कवितालाई प्रतियोगितामा समावेश गरिने आयोजकले जनाएको छ । माघको दोस्रो हप्ता विजेतालाई पुरस्कृत गर्नेछ । ‘गोपी’ मा सामिप्यराज तिमल्सेनाको पटकथा र शैलेन्द्र डि कार्कीको छायांकन छ ।

निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्रमा आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् । चलचित्रमा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रमेश अधिकारी, अंकित खड्का, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याललगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu