‘जानी नजानी’ गीत रिलिज, मनिष र सुमीको रोमान्स (भिडियो)



चैत १ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘जानी नजानी’ को पहिलो गीत ‘एउटीलाई मुटुमा घर…’ गीत सार्वजनिक भएको छ । निर्माण टिमले बिहीवार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरेको हो ।

अर्जुन पोखरेल र दुर्गा खरेलको स्वर रहेको गीतमा अम्बिका शर्माको शब्द तथा अर्जुन स्वयंको संगीत छ । गीतमा चलचित्रका लिड कलाकार मनिष श्रेष्ठ र सुमी मोक्तान फिचर्ड छन् । गीतका कोरियोग्राफर कविराज गहतराज हुन् ।

यो चलचित्रलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन हो । यसअघि उनले दर्जनौं चलचित्रमा सह-निर्देशकको रुपमा काम गरिसकेका छन् । उनले आँखालाई नविझाउने किसिमले चलचित्र तयार पारेको बताए ।

चलचित्रमा निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ पनि लिड रोलमा छन् । चलचित्रमा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ ।

चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । चलचित्रमा छायांकन संजय लामाको रहेको छ । फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । यसमा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu