चीनमा नेपाली चलचित्र प्रदर्शन गर्ने तयारी



अब काठमाडौंमा चलचित्रको पोस्टर टाँस्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले नेपालीचलचित्रको पोस्टर राजधानीभित्र टाँस्न बन्देज लगाएको छ । चलचित्र निर्माता संघले बिहीवार आयोजना गरेको पत्रकार भेटघाटमा बरिष्ठ उपाध्यक्ष केशव भट्टराईले हाल नयाँ विकल्पको विषयमा छलफल भइरहेको बताए ।

उनले भने, ‘महानगरपालिकाले हामीलाई बोलाएर काठमाडौंमा चलचित्रको पोस्टर टाँस्न नपाइने जानकारी गराएको छ । अब फिल्मको पोस्टर टाँस्न पाइने छैन ।’ कार्यक्रममा वर्षमा दुई नेपाली चलचित्र चीनमा प्रदर्शन गर्ने तयारी भइरहेको पनि जानकारी गराइएको थियो ।


हालै चीन भ्रमणबाट फर्किएका निर्माता संघका अध्यक्ष आकाश अधिकारीले २५ देशका निर्माताहरुको छाता संगठन आवद्ध भएको ‘द फेडेरेशन अफ मोसन पिक्चर्स, एसिया प्यासिफिक’ मा चलचित्र निर्माता संघ पनि प्रवेश गरेको बताउँदै नेपाली चलचित्र चीनमा प्रदर्शन गर्ने विषयमा कुराकानी भएको बताए ।

चीनमा आयोजना भएको सम्मेलनमा नयाँ कार्यसमिती गठन भएको र आफू पनि सदस्य रहेको बताउँदै उनले भने, ‘मैले वर्षमा २ वटा नेपाली चलचित्र चीनमा प्रदर्शन गर्नका लागि प्रस्ताव राखेको छु । यदी नेपाली चलचित्र चीनमा प्रवेश गरेको खण्डमा यसले निर्माताहरुलाई ठूलो फाइदा हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu