‘हे गोरी’ कभर भिडियो बनाएर जित्नुस् ५० हजार



केही समय अगाडि सार्वजनिक भएको गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको स्वरमा रहेको गीत ‘हे गोरी’को कभर भिडियो प्रतियोगिता हुने भएको छ ।

कभर भिडियो प्रतियोगितामा सहभागी हुनकालागि उक्त गीतमा आफुले भिडियो निर्माण गरेर आफ्नै या अन्य कुनै यूट्युब च्यानलमा ‘हे गोरी कभर भिडियो र आफ्नो ग्रुपको नाम सहितको टाइटल राखेर अपलोड गरी उक्त भिडियोको लिंक [email protected] मा इमेल गर्नु पर्नेछ ।

भिडियो पठाउने अन्तिम मिती आगामी माघ १५ गते तोकिएको छ । उत्कृष्ट ३ भिडियोलाई क्रमश ५० हजार, ३० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने ‘हे गोरी’ गीतका रचनाकार पुस्कर पन्तले जानकारी दिएका छन् । कभर भिडियोको मुल्यांकन ओरिजिनल भिडियोका कोरियोग्राफर, निर्देशक लगायतले गर्ने छन् ।

शंकर थापा स्माइलको संगीत रहेको यस गीतको ओरिजिनल भिडियोमा बुगीउगी डान्स रियालिटी शो विजेता कविता नेपाली र रचनाकार पन्त फिचर्ड छन् । अर्जुन अधिकारीको निर्देशन रहेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने सम्पादन सुशील न्यौपानेको रहेको छ । भिडियोको कोरियोग्राफी प्रशान्त तामाङले गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu