घोषणामै सीमित भयो अक्षयको ‘क्रेक’



बलिउड स्टार अक्षय कुमारको चलचित्र ‘क्रेक’ बन्द हुने भएको छ । बलिउड चलचित्र मेकर निरज पाण्डेले अक्षय कुमारलाई लिएर चलचित्र निर्माण गर्ने धेरै अगाडि घोषणा गरेका थिए ।

रिलिज डेट पनि फिक्स भएको थियो । तर, सुटिङ समेत सुरु नभएको यस चलचित्र अब नबन्ने भएको छ । उनले यो प्रोजेक्ट बन्द गरेको बताइएको छ ।

अक्षय कुमारले यस चलचित्रप्रति रुची नदेखाएपछि चलचित्र बन्द गर्ने निर्णयमा पुगेको बताइएको छ । पछिल्लो समय अक्षय कुमार आफ्नो होम प्रोडक्सनमा बढी व्यस्त छन् ।

उनी आफै चलचित्र निर्माण गर्न बढी लालायित भएका कारण अरुहरुको प्रोजेक्टमा खासै ध्यान नदिने समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu