‘टुल्की’ मा बेनिशाका पाँच श्रीमान



अभिनेत्री बेनिशा हमालले हालै नयाँ चलचित्र ‘टुल्की’ साइन गरेकी छन् । यो चलचित्र बहुपति प्रथामा आधारित हुनेछ । लक्ष्मण सुनारले चलचित्र निर्देशन गर्दैछन् । चलचित्रमा बेनिशाले पाँच श्रीमानको श्रीमतीको भूमिका निभाउँदैछिन् ।


एउटा घरमा रहेका सबै दाजुभाइले एकजना महिलासँग सामूहिक विवाह गर्ने प्रचलनलाई बहुपति प्रथा भनिन्छ । हिमाली जिल्ला मुस्ताङमा अझै बहुपति प्रथा कायम छ । निर्देशक सुनारले चलचित्रमा बेनिशा नै फिट हुने भएकाले अनुबन्ध गरेको बताए । माघ १५ बाट चलचित्रको छायांकन सुरु हुँदैछ ।

निर्देशक सुनारकै कथा रहेको चलचित्र द पाल्मा ग्रुप र काफिया मिडियाको ब्यानरमा बन्न लागेको हो । शेखर लामा र हरिकुमार श्रेष्ठले चलचित्रलाई संयूक्त रुपमा निर्माण गर्नेछन् । डोल्पामा छायांकन हुने चलचित्रलाई रोहित विक्रम कार्कीले खिच्नेछन् । बाँकी कलाकार भने चाँडै छनोट गरिने निर्देशकले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu