माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सयकडा दश’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका लिड कलाकार राजाराम पौडेललाई एक भष्ट्रचारी सरकारी कर्मचारीको रुपमा चित्रण गरिएको छ ।

भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा यस चलचित्रले भन्छ । यो चलचित्रबाट हायकलाकार मनोज गजुरेलले ठूलो पर्दामा डेब्यु गरेका छन् । रामशरण पाठक निर्देशित चलचित्रमा राजाराम र मनोजका अलावा अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेलगायतको अभिनय छ ।
चलचित्रलाई निर्देशक पाठक स्वयमले लेखेका हुन् । रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा फिल्म निर्माण गरेका हुन् । चलचित्रका रामेश्वर कार्की छायाँकार हुन् ।
बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, दीलिप ओखेडाको कोरियोग्राफी रहेको चलचित्रमा रज्जु प्रधानको कथा छ । हास्यकलाकार राजाराम पौडेल चलचित्रको कार्यकारी निर्मातामा छन् । यस चलचित्रको ‘दाईलाई कुरा लाइदिनी…’ गीत अहिले चर्चामा छ ।
ट्रेलर हेर्नुहोस् :-




