रोहित र दीपकराजको फिल्ममा दीपेन्द्र निर्देशकमा अनुबन्ध



रोहित अधिकारी र दीपकराज गिरीको संयूक्त ब्यानर रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मुभिजबाट निर्माण हुन लागेको चलचित्रलाई निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्ने पक्का भएको छ । यो कुराको जानकारी दीपकराजले दिएका हुन् ।

उनले फेसबुकमा एक स्टाटस लेख्दै अंग्रेजी नयाँ वर्ष २०१९ को शुभकामना दिँदै चलचित्रको निर्देशकमा लामालाई अनुबन्ध गरेको जानकारी दिए । उनले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेका छन् । २०७६ को दशैंमा चलचित्र रिलिज गर्ने दीपकराजले घोषणा गरेका छन् ।


निर्देशक लामाले यसअघि चलचित्र ‘घामपानी’ को कमान्ड सम्हालेका थिए । चलचित्र समीक्षाबाट पत्रकारितामा स्थापित उनको नयाँ चलचित्र ‘गोपी’ माघ १८ गतेबाट प्रदर्शनमा आउने तरखरमा छ । मौलिक फिल्म बनाउन माहिर मानिने लामा नयाँ चलचित्र उत्कृष्ट बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउँछन् ।

दीपकराजले मुनाफाको ५० प्रतिशत लिने शर्तमा रोहितसँग उक्त चलचित्रमा सहकार्य गर्न तयार भएका हुन् । अर्थात् यो चलचित्र बक्सअफिसमा हिट भएको खण्डमा उनले नाफाको ५० प्रतिशत लैजानेछन् । तर, चलचित्रमा उनले न पारिश्रमिक लिनेछन् न त लगानी नै गर्नेछन् ।

रोहितको एकल लगानी रहने चलचित्रमा दीपकराजको पटकथा लेखन छ । चैत अन्तिम साताबाट फ्लोरमा जाने तयारी भइरहेको चलचित्रमा दीपकराज र केदार घिमिरे (माग्ने बुढा) कलाकारको रुपमा अनुबन्ध भइसकेका छन् । बाँकी कलाकार भने छनोट भैसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu