फरहान अख्तरको वेब सिरिज ‘इनसाइड एज २’ मा अदिती



चलचित्र ‘कृ’ अभिनेता अनमोल केसीको हिरोइनमा रुपमा देखिएकी अदिती बुढाथोकी इन्डियन-अमेरिकन वेब टेलिभिजन सिरिज ‘इनसाइड एज २’ मा देखिने भएकी छन् । सिरिजको निर्माण फरहान अख्तर र रितेश सिधवानीले आफ्नो ब्यानर एक्सेल मिडिया एण्ड इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडबाट गर्दैछन् ।

अदितीले चर्चित वेब सिरिजमा आबद्ध हुनु पाउनु आफ्नो लागि खुसीको कुरा रहेको बताएकी छन् । उनले भनेकी छन्, ‘अब दर्शक प्रतिक्रिया बुझ्न निकै आतुर छु ।’

‘यो वेब सिरिज मेरो लागि निकै खास छ । मलाई फरहान सरको कामसँग निकै लगाव छ र उहाँको प्रोडक्सनको सदस्य भएर काम गर्नु मेरो प्रगतिको एउटा टिकट हो’, उनले एक अन्तर्वार्तामा भनेकी छन् ।

अदितीले मिलिन्द गाबाको पञ्जाबी गीत ‘मैं तेरी हो गई’ को म्यूजिक भिडियोमा काम गरेकी थिइन् ।बलिउड अभिनेता विवेक ओबरोय पनि क्रिकेट सम्बन्धि वेब श्रृंखला ‘इनसाइड एज’ को दोस्रो सिरिजमा छन् । ‘इनसाइड एज २’ को कहानी क्रिकेट र त्यसको अँध्यारो पक्षको वरिपरि घुम्छ, जसमा व्यवसायको दुनियाँ, ग्ल्यामर, मनोरञ्जनको दुनियाँ र यसको आसपास हुने राजनीति सामेल छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu