कादर खानको क्यानडामा निधन



चर्चित भारतीय अभ‍िनेता कादर खानको क्यानडामा निधन भएको छ । उनका छोरा सरफराज खानले निधनको पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘मेरो पिता अब रहनु भएन ।’

लामो विरामीका कारण क्यानडाको समय अनुसार ३१ डिसेम्बर साँझ ६ बजे उनको निधन भएको हो । उनी १६/१७ हप्तादेखि अस्पतालमा नै थिए । कादरले ३ सयभन्दा बढी हिन्दी चलचित्रमा काम गरेका छन् ।


उनले २ सय भन्दा बढी चलचित्रको पनि कथा लेखेका थिए । ७० को दशकमा बलिउडका निकै व्यस्त स्क्रिप्ट राइटर थिए कादर खान । उनको जन्म २२ अक्टोबर १९३७ मा भएको थियो । अभिनेता खानको अन्तिम संस्कार क्यानडामै गरिने बताइएको छ ।

गम्भिरका साथमा नकारात्मक भूमिकामा पनि दर्शकमाझ लोकप्रिय बनेका कादरलाई दर्शकले विशेषगरी हास्यप्रधान भूमिकामा विशेष मन पराउँथिए । उनले सिभिल इन्जिनियरङमा डिप्लोमा समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu