युट्युवमा भन्दा ‘गरुड पुराण’ को गीत टिकटकमा हिट



आगामी ४ माघबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘गरुड पुराण’ को सावजनिक गीत ‘म त पिरिममा…’ बोलले टिकटकमा नयाँ रेकर्ड राखेको छ । यो गीतको अहिलेसम्म ४५ हजार भन्दा बढी टिकटक भिडियो निर्माण भएको यसका निर्देशक सुवास कोइरालाले जानकारी गराएका छन् ।

यो गीतलाई अहिलेसम्म टिकटकमा ३५ लाख पटक हेरिसकिएको रेकर्ड उनले देखाएका छन् । एक महिना अघि रिलिज गरिएको यो गीतलाई युट्युवमा सोमबारसम्म १४ लाख ५३ हजारपटक मात्र हेरिएको छ । निर्देशकका अनुसार यो गीतको कभर भिडियो प्रतियोगिता राखिएले पनि टिकटकमा चर्चा पाएको हो ।

‘चलचित्रलाई रमाइलो बनाउने प्रयास गरेका छौ, त्यही अनुरुप गीत पनि तयार गरेका हौं र यसले टिकटकमा खुबै चर्चा कमाएको छ ।’ निर्देशक कोइरालाले भने, ‘यसै साता रिलिज गरिएको यो चलचित्रको ट्रेलरले पनि राम्रो चर्चा पाएको छ ।’ पारिवारिक प्रेमकथामा आधारित ‘गरुड पुराण’ मा हास्य रस पनि रहेको निर्देशक कोइरालाको भनाई छ ।

यो गीतको भिडियोमा अभिनेता निर्देशक निश्चल बस्नेतसँगै फिल्मका कलाकारहरु कर्मा शाक्य र नव-नायिका प्रियंका सिंह ठकुरीको नृत्य छ । गीतमा निश्चलको जोडीको रुपमा अन्जली योञ्जन पनि छिन् । गीतमा कोसिस क्षेत्रीको संगीत, दिनेश राउतको शब्द छ । गीतलाई कोसिस र मनिषा पोखरेलले गाएका हुन् ।

आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यो चलचित्रको कथा कसम नेपालको हो । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई उज्ज्वल ढकालले सम्पादन गरेका छन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu