‘चौका दाउ’ ले उठान गरेका विषयवस्तु यथार्थपरक : निर्देशक झा



पुष २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो ‘चौका दाउ’ । ‘राधा पियारी…’ बोलको गीतले चलचित्रको लोभलाग्दो हाइप निर्माण गर्दैगर्दा अहिले निर्माण टिम प्रचार-प्रसारलाई चुस्त बनाउन मोफसल दौडाहामा निस्किएको छ ।

मंगलबार निर्देशकसहित फिल्मका लिड कलाकारहरु ३ नम्बर प्रदेशको राजधानी हेटौंडा पुगेका छन् । त्यहाँ पत्रकारसँग साक्षात्कार गर्दै निर्देशक पुर्णेन्द्रु झाले चलचित्रले कमेडी कथा उठान गरेको बताए । चलचित्रले उठान गरेका विषयवस्तु यथार्थपरक उनी बताउँछन् ।

निर्देशक झा भन्छन्, ‘नेपाली समाजमा हुने गरेको यथार्थ घटनालाई हास्यरसको चास्नीमा घोलेर देखाउन खोजेका छौं । दर्शकले चलचित्र हेरिरहँदा भरपूर मनोरञ्जन लिन्छन् ।’ उनले यसअघि पोलिटिकल-क्राइम जानराको चलचित्र ‘संरक्षण’ निर्देशन गरेका थिए ।


रिलिजको पूर्वसन्ध्यामा प्रचारमा देखिएकी अभिनेत्री वर्षा राउतले ‘चौका दाउ’ ले समाजमा हास्यव्यंग्यको माध्यमबाट सकारात्मक सन्देश दिन खोजेको बताइन् । चार जना कलाकारको दाउमा पर्ने मेजर भुमिकामा आफू रहेको उनी बताउँछिन् । यसमा उनी उर्वशीको भूमिकामा छिन् ।

‘अन्जानमा गरिने गल्तीले भविष्यमा आउने समस्यासँग गर्नुपर्ने सामना देखाइएको छ । चलचित्र निकै रमाइलो बनेको छ । मनोरञ्जनसँगै चलचित्रले पाठ पनि सिकाउँछ भन्ने लाग्छ’, उनी सुनिइन् । उनले सिनियर आर्टिस्टहरूसँग काम गर्न पाउँदा निकै खुशी लागेको पनि बताइन् ।

दशक अगाडि टेलिभिजनमा प्रशारण हुने ‘हिजो आजका कुरा’ का चर्चित हास्यकलाकार सन्तोष पन्त यस चलचित्रमा लिड रोलमा छन् । कलाकार पन्तले धेरैपछि आफूले सोचेको जस्तो चलचित्रमा अभिनय गर्न पाएको बताए । यस चलचित्रमा तैयब शाह, विल्सन बिक्रम राई, रबिन्द्र झालगायतका कलाकारको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu