अनमोलको ‘ब्याचलर बन्टी’ भदौमा रिलिज हुने



बन्ने/नबन्ने चर्चाका बीच अन्ततः अभिनेता अनमोल केसीको प्रमुख भूमिका रहने चलचित्र ‘ब्याचलर बन्टी’ को छायांकन बैशाखबाट सुरु हुने निश्चित भएको छ । बुधबार निर्देशक चाम्स, निर्माता सुदीप खड्का र अभिनेता अनमोलबीच भएको छलफलबाट चलचित्रको छायांकन बैशाखबाट सुरु गर्ने सहमती भएको छ ।

निर्माता र अभिनेताबीच चलचित्रको नाम पनि परिवर्तन गर्ने सहमती भएको स्रोतले जानकारी दिएको छ । साथै, ‘लक’ गरिएको स्क्रिप्टमा पनि केही फेरबदल गरिने बताइएको छ । चलचित्रको रिलिज भने अर्को वर्षको तीज अर्थात् भाद्र १३ गतेलाई तय गरिएको छ ।

हरेक चलचित्रमा नयाँ अभिनेत्रीहरुसँग रोमान्स गर्दै आएका अनमोेलको यस फिल्ममा पनि नयाँ अभिनेत्रीसँग स्क्रिन साझेदारी गर्दैछन् । चलचित्रका लागि निर्माण टिमले उकुसा गिरीलाई अनुबन्ध गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu