प्रेम र एक्सनले भरिएको ‘प्रेमनाथ’ ट्रेलर (भिडियो)



२५ सय वर्ष अगाडिको पौराणिक प्रेमकथामा निर्माण भएको चलचित्र ‘प्रेमनाथ’ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच गणेश बेलबासे निर्देशित चलचित्रको ट्रेलर, पोस्टर र प्रदर्शन मिति घोषणा गरिएको छ ।

चैत २२ गतेलाई प्रदर्शन मिति फाइनल गरिएको चलचित्रको पोस्टरमा लिड कलाकारलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । ट्रेलर भने संवाद विहीन छ । निर्देशक बेलबासेले चलचित्रमा आधुनिक र २५ सय वर्ष अगाडिको प्रेमकथा घोलिएको बताए ।

‘प्रेमनाथ’ बाट राज थापा र कृति गौतमले डेब्यु गरेका छन् । उनीहरु चलचित्रलाई लिएर उत्साहित देखिएका छन् । दुवै चलचित्रको कथावस्तु मन परेर काम गर्न राजी भएको बताउँछन् । गुह्रेश्वरी बेलबासे निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा कपिल प्रसाद द्वा छन् ।

सुमन कार्की, सुरज पाण्डे र सञ्जय सहानीको संयूक्त छायांकन रहेको चलचित्रमा राज र कृतिका अलावा सुरविर पण्डित, गतिज विष्ट, मोनालिसा विष्ट, शेखर जंग मल्ललगायतका कलाकारहरुको अभिनय छ । निर्देशक स्वयं पनि लिड रोलमा छन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu