‘गोपी’ को अनौठो प्रचार शैली



पछिल्लो समय फिल्म प्रदर्शनका लागि अनेकौँ फण्डा अनपाउन थालइएको छ । आगामी माघ १८ गते देखी प्रदर्शनमा आउन लागेको चलचित्र ‘गोपीले’ आफ्नो प्रचार लाई ब्यापक बनाउँदै प्रचारको अनौठो शैली अपनाएको छ ।

केही समय अगाडि मात्र नेपाल भित्रिएको नेपाल कै एक मात्र हट एयर बलुनमा आफ्नो पोस्टर टाँसेर चलचित्रले पोखरामा प्रचार सुरु गरेको हो ।

‘पछिल्लो समय हट एयर बलुनमा मानिसहरुको आकर्षण बढ्दै गएको छ । त्यसको फाइदा उठाउँदै ‘गोपी’ को प्रचार अझै प्रभावकारी होला भन्ने अभिप्रायले हामीले चलचित्रको प्रचार हट एयर बलुन मार्फत गरेका हौँ’, चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेलले भने ।

विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त लगायतको मुख्य भूमिका रहेको चलचित्र दिपेन्द्र लामाको निर्देशनमा तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu