चलचित्र ‘वीरविक्रम २’ का लागि तयार गरिएको चलचित्र ‘देउता’ मा समावेश सदावहार गीत ‘पिरतीको मिठो तिर्सना..’ को रिमेक भर्सन सार्वजनिक भएको छ । उक्त गीत बिहीवार सार्वजनिक गरिएको छ ।
मनाङ र मुस्ताङमा खिचिएको गीतमा चलचित्रका लिड कलाकारहरु पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेन फिचर्ड छन् । गीतमा तीन स्टार्स एउटै फ्रेममा भने देखिएका छन् । गीतमा केही फरक गर्न खोजेको कोरियोग्राफर कविराज गहतराजले बताए । भिडियोमा वर्षासँग दुई नायकको केमेस्ट्री सुहाएको देखिन्छ ।
‘देउता’ का लागि इन्द्रजित मिजार र भारती घिमिरेले गाएको गीत ‘वीरविक्रम २’ मा ताराप्रकाश लिम्बु र मेलिना राईले गाएका छन् । कुशुम गजमेर र तुलसी घिमिरेको शब्द रचना रहेको गीतमा रञ्जित गजमेरले संगीत छ । उक्त गीतलाई रिमेक गर्नुको पछाडि चलचित्रको लोकप्रियताका लागि रहेको निर्देशक मिलन चाम्सले बताए ।
सार्वजनिक गीतको भिडियोमा वर्षा, पल र नाजिरलाई थकाली पहिरनमा देख्न सकिन्छ । कोरियोग्राफर गहतराज ठाउँ अनुसार कलाकारलाई उक्त पहिरनमा उतारेको बताउँछन् । नाजिर अनुपस्थित कार्यक्रममा पल र वर्षाले गीत खिच्दाको कठिन दिन सम्झिएका थिए ।
अर्को वर्ष प्रदर्शनमा ल्याउने बताइएको चलचित्रलाई सुदीप बरालले खिचेका हुन् । चलचित्रमा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । हिमाल केसीको द्वन्द्व रहेको चलचित्रको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।
चलचित्रमा अपर्ण सापकोटा सह-निर्माताको रुपमा रहेका छन् । नयाँ कथामा निर्माण भइरहेकाले ‘वीरविक्रम २’ सिक्वेल नभएको निर्माण टिमको भनाई छ । यो चलचित्रको पहिलो भागमा नाजिसँगै दयाहाङ राई, अनुप विक्रम शाही, दीया पुन लिड रोलमा थिए ।
भिडियो :-