कवितालाई माया दिन दिव्य तयार (भिडियो)



चर्चित डान्स रियालिटी शो ‘बुगी वुगी’ की विजेता कविता नेपाली र दिव्य दाहाल फिचर्ड ‘खस्यौली…’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजधानी आसपासका रमणीय स्थानहरुमा खिचिएको गीतमा रोजल थापाको निर्देशन छ ।

चर्चित गायक प्रमोद खरेलको स्वर रहेको गीतको शब्द निर्देशक थापा स्वयंले लेखेका हुन् । सार्वजनिक गीतमा विनय केटोको संगीत सुन्न सकिन्छ । गीतको भिडियोलाई चन्द्र कुमार पुराजुलीले निर्माण गरेका हुन् ।

विरेन्द्र भट्टको छायांकन रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । कविता र दिव्यलाई बद्रि विष्टले नचाएका छन् । निर्देशक थापा बजारको मागअनुसार गीतको भिडियो निर्माण गरिएको बताए ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu