‘गरुड पुराण’ मा दोहोरो भूमिकामा कर्मा



चलचित्र ‘गरुड पुराण’ मा युवा भूमिका निर्वाह गरेका अभिनेता कर्मा शाक्यको पौढ भूमिका पनि निभाएको निर्माण पक्षले खुलासा गरेको छ । निर्माण पक्षले यो चलचित्रको केही तस्बिर सार्वजनिक गर्दै कर्मा दुई फरक भूमिकामा रहेको खुलाएको हो ।

चलचित्रमा कर्माले युवा र पौढ दुबै भूमिका उत्तिकै न्यायपूर्वक निर्वाह गरेको निर्देशक सुवास कोइरालाले बताए । निर्देशक कोइरालाका अनुसार, चलचित्रमा कर्मा २५ वर्षिय तन्नेरी भूमिकामा छन् भने ६० वर्षको भूमिका पनि निर्वाह गरेका छन् ।

तर, यो पौढ भूमिकाको बारेमा उनले खुलासा गरेका छैनन् । निर्देशक कोइरालाले यसबारे प्रकाश पारेका हुन् । चलचित्रमा यो भूमिका निर्वाह गर्न उनलाई निकै गाह्रो परेको थियो । त,र दुबै भूमिकामा न्याय गरेको सुवासले बताएका छन् ।

‘गरुड पुराण’ मा कर्मा र नाजिर हुसेन लिड रोलमा छन् । लुनिभा तुलाधर, प्रियंका सिंह ठकुरी, प्रविण खतिवडा, कामेश्वर चौरसिया, बसन्ध भट्ट, प्रकाश घिमिरे, जान्ह्वी बोहोरालगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय छ ।

आकाश बराल, बिनोल खतिवडा र निर्देशक सुवास आफैंले लेखेको यो चलचित्रको कथा कशम नेपालको हो । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो चलचित्रले फरक पृष्ठभुमीबाट आएर काठमाडौंमा बाँच्नका लागि गर्नुपर्ने सघंर्षको कथा भन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu