२ सय करोडको दौडमा ‘केजीएफ’



साउथको चलचित्र ‘केजीएफ’ आफ्नो परफर्मेन्सले सबैलाई चकित बनाउँदै देखिएको छ । यो चलचित्रले केवल रेकर्ड मात्र बनाइरहेको छैन कन्नड फिल्म इन्डस्ट्रीका लागि माइलस्टोन साबित भएको छ ।

चलचित्रले वर्ल्डवाइड १७५ करोडको आँकडा पार गरिसकेको छ । अब चलचित्र तिव्र गतिमा २ सय करोडको तर्फ बढिरहेको छ । दोस्रो हप्तामा यस चलचित्रलाई ७८० स्क्रिन मिलेको थियो भने तेस्रो हप्ता ९८१ स्क्रिन मिलेको छ ।


ट्रेड एनालिस्ट रमेश बानाका अनुसार, तमिल बक्सअफिसमा ‘मारी २’ र ‘अधंगा मरु’ को रिलिजको बाबजुद पनि ‘केजीएफ’ को कमाई सानदार छ । चलचित्रका निर्देशक प्रशान्त नील हुन् ।

चलचित्रमा सुपरस्टार यशले रक्कीको रोल निभाएका छन् । यो एक एक पिरियड ड्रामा चलचित्र हो । यसको दोस्रो पार्ट पनि रिलिज गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu