सातै प्रदेश तताउँदै प्रमोददेखि इन्दिरासम्म



गृष्मा ब्रोडकाष्टिड. प्रा.लीको आयोजनामा ‘सप्तरङ्ग’ एक पृथक सांगितिक यात्रा हुने भएको छ। सद्भाव र ऐक्यवद्दताको मुख्य उदेश्य सहित उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रममा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारहरुको छनोट गरिएको छ ।

माघ १८ गते देखी फागुन २ गते सम्म हुने कार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोकगायक पशुपति शर्मा, मोडल अन्जली अधिकारी, कमेडियन सन्दीप क्षेत्री र खेलाडी दीपक बिष्ट समाबेश छ्न् ।

‘सप्तरङ्ग’ माघ १८ गते दमकबाट सुरु हुनेछ । यसपछि, माघ २० गते जनकपुर, माघ २२ गते नारायणगढ, माघ २४ गते बुटबल, माघ २६ गते सुर्खेत, माघ २८ गते धनगढी र फागुन २ गते पोखरामा आयोजना हुनेछ । कार्यक्रममा उपस्थित हुनका लागि दर्शकले कुनै शुल्क तिर्नुनपर्ने आयोजकले बताएको छ ।

सांगितिक यात्राको माध्यमबाट सातै प्रदेशको पर्यटकिय स्थानको प्रबर्धन र सम्भावनाको खोजी गरिने आयोजक संस्थाका प्रमुख गृहेन्द्र घिमिरेले बताए । यता कार्यक्रममा सहभागी कलाकारहरुले पनि व्यासायिक भन्दा पनि सद्भाव जोडिएको कार्यक्रम भएकोले सहभागी हुन पाउँदा एकदमै खुसी भएको बताए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu