अभिनेता अर्पण थापाले चौथो पटक निर्देशनमा हात हालेको चलचित्र ‘घर’ मा केही दिन अगाडि मात्र अभिनेत्री सुरक्षा पन्तको इन्ट्री भएको थियो । निर्देशक थापा स्वयं प्रमुख भूमिकामा रहने फिल्ममा फेरि एक नायिका थपिएको छ ।

सोमवार अभिनेत्री बेनिशा हमाल पनि चलचित्रमा अनुबन्ध भएकी छन् । चलचित्र हरर जानरामा निर्माण हुन लागेको हो । ‘घर’ लाई डीएस डिजिटलको ब्यानरमा निर्माण गर्न लागिएको हो । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् ।
शर्मिलालाई लगानीमा सन्तोष अधिकारीले सहयोग गर्दैछन् । चलचित्रको छायांकन माघको दोस्रो साताबाट सुरु हुँदैछ । चलचित्रले दर्शकलाई पूर्ण रुपमा तर्साउने निर्देशक थापाको भनाई छ । चलचित्रको कथा उनकै हो ।




