‘रणवीर’ पोस्टरमा शुभेच्छा र सुपुष्पासँग छल्किएको शुशीलको प्रेम



‘तिरिमिरी तिरिमिरी तीन तारा’ गीतका कारण चर्चामा रहेको चलचित्र ‘रणवीर’ को अफिसियल पोस्टरहरु सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका लिड कलाकारहरु शुशील सिटौला, शुभेच्छा खड्का र सुपुष्पा भट्ट प्रस्तुत छन् ।

पोस्टरले दुई अभिनेत्रीसँग शुशीलको प्रेमभाव बोल्छ । एक पोस्टरमा भने प्रशान्त ताम्राकार पनि देखिएका छन् । चलचित्रमा प्रशान्त र शुशील आमने-सामने भएका छन् । अर्थात्, प्रशान्त भिलेनको भूमिकामा छन् । चलचित्रको कथावस्तु अनुसार नै पोस्टर तयार गरिएको निर्देशन गोविन्द सिंह भण्डारीले बताए ।


यो चलचित्र माघ १८ बाट रिलिज हुँदैछ । चलचित्र ‘रणवीर’ मा कथा, पटकथा, संवाद पनि निर्देशक भण्डारीकै छ । चलचित्रमा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडीलगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन र चन्द्र पन्तको द्वन्द्व छ ।

महँगो बजेटमा तयार भएको चलचित्रलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । निर्माता द्वय फिल्मलाई स्तरिय बनाउन लगानीमा कुनै ‘कम्प्रमाइज’ नगरेको बताउँछन् । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

एक गीतमा बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रको ट्रेलर साहिल खानले तयार गरेका हुन् । शुभेच्छा र सुपुष्पाले यही चलचित्रमार्फत अभिनयमा डेब्यु गरेका हुन् । दुबै चलचित्रलाई लिएर निकै आशावादी देखिएका छन् । चलचित्रमा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu