‘पुरानो बुलेट’ वर्ल्ड प्रिमियर हङकङमा



अनुपबिक्रम शाही स्टारर चलचित्र ‘पुरानो बुलेट’ चैत्र १ गतेबाट नेपालमा सार्वजनिक प्रदर्शनमा आउँदैछ । हाल पोष्ट प्रोडक्सनमा रहेको चलचित्र नेपाल पहिले विदेशमा प्रदर्शन हुने पक्का भएको छ । निर्माण टिमले हङकङमा चलचित्रको पहिलो प्रदर्शनी हुने बताएको छ ।

निर्देशक भिषण राईले चलचित्रको वर्ल्ड प्रिमियर हङकङमा निश्चित भएको जनाए । प्राप्त जानकारी अनुसार आगामी फेब्रूअरी २३ तारिखको साँझ ६ बजे हङकङको याउमातेई स्थित कम्युनिटी हलमा चलचित्रको पहिलो प्रदर्शनी हुनेछ ।

‘हेल्प फर ह्युमिनिटी’ (न्यानो काख अभियान) सहयोगार्थ प्रर्दशन हुने चलचित्रको पहिलो शो मा डोनेसन गर्न चाहनेहरुबाट सङ्कलित रकम उक्त अभियानमा उलपब्ध गराइनेछ । हङकङमा रहेर पत्रकारितासँगै समाजसेवामा आफुलाई समाहित गरिरहेका अनोज रोका, मज्जाको राई, विजय लिम्बु, सरु राई र सुनिता लिम्बुले ‘पुरानो बुलेट’ प्रिमियरको जिम्मा लिएका छन् ।

पुर्वेली टिपिकल कथा र लोकेशनलाई थिम बनाउँदै निर्माण भएको चलचित्रमा अनुपबिक्रमसँगै बर्षा शिवाकोटी र माला लिम्बु लिड अभिनयमा छन् । उल्लेखित तीन कलाकारसँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतका कलाकारहरुको पनि अभिनय चलचित्रमा समावेश छ । सन्तोष राई कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा अशोककुमार राई, विरेन साम्बा, टिकाराम राई, दिपेन लिम्बु छन् ।

हरी घले लामाले खिचेको यो चलचित्रमार्फत निर्देशनमा डेब्यू गरेका राईले लामो समयको रंग पत्रकारिता र चलचित्र समिक्षामा खारिएको अनुभव चलचित्र निर्देशनमा खर्चिएको बताए । चलचित्रको सम्पुर्णजसो छायाँकन पुर्वी नेपालमा नै गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu