‘भ्रष्टाचार रोक्न प्रेम जरुरी’ : मनोज गजुरेल



हास्यव्यंग्य कलाकार मनोज गजुरेल आफू अभिनीत डेब्यु ‘सयकडा दश’ को बटमलाइन सुनाउँदै थिए, ‘भ्रष्टाचार रोक्न प्रेम जरुरी ।’ उनले राजनीतिभन्दा प्रेम भ्रष्टाचारविरुद्ध प्रभावकारी औषधि हुने बताए ।

चर्चामा रहेको वाइडबडी भ्रष्टाचार प्रकरणको समाधान दीर्घकालिनरुपमा राजनीतिभन्दा प्रेमभित्र खोजिनुपर्ने उनको तर्क थियो । उनले चलचित्रलाई कला र मनोरञ्जनभन्दा समाजको रुपान्तरणका लागि प्रयोग गर्नुपर्ने खाँचो औंल्याए ।

निर्माता एवं अभिनेता राजाराम पौडेलले आफ्ना लागि पैसाभन्दा कलाले अर्थ राख्ने बताए । ‘दुई सय जति फिल्म गरेँ हुँला, केही पेन्डिङमा होलान् । मेरा लागि सयकडा दश सर्वोत्कृष्ट हो’ उनले दाबी प्रस्तुत गरे ।

अभिनेत्री करुणा श्रेष्ठ र अभिनेता अमृत ढुंगानाले चरित्र चित्रणबारे चर्चा गरे । ‘गरेजति चलचित्रमा मैले पात्र र शैलीमा नयाँपन पस्कने प्रयास गरेको हुन्छु’ ढुंगानाले भने । डेब्यु गर्ल श्रेष्ठको भनाइमा ‘सयकडा दश’ चलचित्र–मेकिङ सिक्ने पाठशाला पनि हो ।

निर्देशक रामशरण पाठक रिलिज अगाडि प्राप्त प्रिभ्यूले खुसी दखिए । उनी भन्छन, ‘गीत र ट्रेलरले दिलाएको सुखद फिडब्याकले खुसी अवश्य छु ।’ उनका अनुसार चलचित्रले माघ पहिलो सातादेखि देश दौडाहा थालनी गर्दैछ । माघ १८ मा चलचित्र रिलिज हुँदैछ । चलचित्रलाई दर्शन नेपाल क्रिएसनले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu