एकसाथ प्रदर्शनमा आए ‘चौका दाउ’ र ‘भिलेन’



फ्राईडे रिलिज अन्तर्गत यस हप्ताका लागि पुणेन्द्रु झा निर्देशित चलचित्र ‘चौका दाउ’ र देवेन्द्र पाण्डेको ‘भिलेन’ ले एकसाथ प्रदर्शन आरम्भ गरेका छन् । फरक जनरामा निर्माण भएका कारण दुई चलचित्रलाई भिडन्तको असर नपर्ने फिल्मी पण्डितहरुको विश्लेषण छ ।

एक्सन स्टार निखिल उप्रेतीको लिड रोल रहेको ‘भिलेन’ मा शिल्पा पोखरेल, कपिल खत्री, निशा अधिकारीलगायतका कलाकारहरुको पनि अभिनय छ । कपिल स्वयंले चलचित्र निर्माण गरेका हुन् । चलचित्रमा तराई र पहाडको प्रेमको द्वन्द्वत्मक कथालाई देखाइएको छ ।


गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘पिंजडा ब्याक अगेन’ पछि पर्दामा नदेखिएका निखिलका फ्यानका लागि यो चलचित्र लामो समयदेखि प्रतिक्षामा थियो । उनको एक्सनको भोका फ्यानलाई ‘भिलेन’ ले केही हदसम्म भए पनि सन्तुष्टि दिने विश्वास निर्माण टिमको छ । यो चलचित्रले ‘सिंगल स्कृन’ राम्रो हात पारेको छ ।

यसअघि ‘संरक्षण’ निर्देशन गरेर वाहवाही बटुलेका पुणेन्द्रुले ‘चौका दाउ’ मा चार अधबैंसे पुरुषको युवती प्रेम प्रस्तुत गरेका छन् । चलचित्रमा सन्तोष पन्त, विल्सन विक्रम राई, रविन्द्र झा, तैयव शाह छन् भने उर्वशीको भूमिकामा अभिनेत्री वर्षा राउत छिन् । ‘चौका दाउ’ को कथा बरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बाँस्कोटाको हो ।

दिर्घ गुरुङले खिचेको चलचित्रमा मित्र डि.गुरुङको सम्पादन रहेको छ । सौर्यजित बाँस्कोटा र मनोज राजभण्डारीको निर्माण रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, अभिमन्यू निरवीको स्क्रिनप्ले छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu