प्रियंका भन्छिन्, ‘‘टिकटक’ बनाएजस्तो सजिलो छैनमा फिल्ममा अभिनय गर्न’’



४ माघबाट रिलिज हुने चलचित्र ‘गरुड पुराण’ की नवोदित अभिनेत्री हुन प्रियंका सिंह । उनले यही चलचित्रबाट नेपाली चलचित्रमा डेब्यु गर्दैछिन् । काठमाडौं, नयाँ बानेश्वरकी प्रियँकालाई उनले अभिनय बफिन्स ९८ को म्युजिक भिडियो अन्जानैमा…हेरेर निर्देशक सुवास कोईरालाले गरुड पुराणमा डेब्यु गराएका हुन् ।

त्यसो त उनी त्यतिबेला टिकटक (म्युजिकल्ली)मा निकै हिट थिईन् । त्यतीबेला सैयौं टिकटक भिडियोमा उनको अभिनय निर्देशक कोईरालालाई मन परेको थियो । टिकटकको भिडियो र बफिन्सको गौरव पहारीसँग उनले गरेको अभिनय हरेर चलचित्र ‘गरुड पुराण’ मा चयन गरिएको हो ।

प्रियंकाका भनाईमा टिकटकमा अभिनय गरेको जस्तो सजिलो फिल्ममा नहुँदो रहेछ । ‘टिकटक त एक्लै बसेर बनाउँदा अभिनय गर्न सजिलो हुन्थ्यो । तर चलचित्रमा क्यामेरासँगै लाइट र विभिन्न कलाकारसँग समुहमा काम गर्दा निकै गाह्रो पर्दोरहेछ’, उनले अनुभव सुनाईन् ।

चलचित्र गरुड पुराणमा उनीलाई सबै जसोले मन पराउँछन् । मुख्यतय फिल्मका अभिनेता कर्मा, प्रविण खतिवडा र कामेश्वर चौरसियाले मन पाउँछन् । पहिलो फिल्ममै आफुले तीन ओटा नायकको प्रेमिका भएर काम गर्न पाएकोमा धेरै रमाइलो महसुस भएको पनि उनले बताईन् ।

प्रियंका स्वभावले कम बोल्न र आफैंमा रमाउने व्यक्ति हुन् । तर, चलचित्रमा उनी सबैसँग धेरै बोल्ने र निडर भूमिकामा छिन् । आफ्नो स्वभाव भन्दा फरक भूमिका यो फिल्ममा निभाउँदाको अनुभवबारे उनले भनिन्, ‘गरुड पुराणमा ज्योतीको भूमिका निर्वाह गरेपछि मैले आफुपनि त्यो चरित्र जस्तै सबैसँग घुलमिल भएर बोल्ने र हाक्की स्वभावको हुनुपर्छ भन्ने महसुस गरें । जसका कारण आजकाल अलिक खुल्ने कोसिस गर्र्दैछु ।’

पहिलो चलचित्रबाट निकै आशाबादी प्रियंकालाई सबै नाटकका होनहार कलाकारसँग सुरुमा काम गर्दा गाह्रो हुन्छ होला जस्तो लागेको थियो तर उनीहरुसँग करिब डेढ महिना अभिनय कार्यशालामा बसेपछि यो फिल्ममा अभिनय गर्न सहज भयो । आफुलाई कर्मा, नाजिर, प्रविणसबैले अभिनय कार्यशालाको क्रममा धेरैकुरा सिकाएकाले पनि गरुड पुराणमा उहाँहरुसँग काम गर्न सजिलो भएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu