अब फागुन १० मा ‘प्रेमलीला’



अन्तर्देशीय प्रेमकथा समेटिएको चलचित्र ‘प्रेमलीला’ को रिलिज डेट फेरबदल भएको छ । माघ २५ मा आउने निश्चित भएको चलचित्र अब फागुन १० गतेबाट देशभर लाग्ने नायिका तथा निर्मात्री दिपशिखा खड्काले जानकारी दिइन् ।

जनक पाण्डे निर्देशित चलचित्रमा दीपशिखासँगै भारतीय मोडल अली खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायतको पनि अभिनय छ ।

नायिका खड्काकै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले निर्माण गरेको हो । फिल्ममा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन रहेको छ ।

फिल्मको ट्रेलर केही दिनमा सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu