‘ल्याङल्याङ’ को पछि ‘आँपे’ लिएर आए सुनिल



गायक तथा संगीतकार सुनिल पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ । सुनिलकै शब्द, संगीत र स्वरमा तयार भएको लोक कमेडी शैलीको ‘आँपे’ बोलको गीत निकै रमाईलो छ । प्रस्तुत गीतलाई अमृत ल्वागुनले एरेन्ज गरेका हुन् ।

दिपेन्द्र तिमल्सीनाको निर्देशनमा तयार भएको भिडियोमा सुजन श्रेष्ठ, हेरुका लामा, निशा लमा, नवराज भट्टराई लगायत कलाकारले अभिनय गरेका छन् । भिडियोमा गायक सुनिल पनि चित्रित छन् । प्रेम लामा र राज सिग्देलले छायाङ्कन गरेको गीतलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।

यसअघि चलचित्र रोमियोमा समावेश ‘ल्याङल्याङ’ गीतबाट सफलता पाइसकेका सुनिल यस गीतलाई पनि दर्शकले रुचाउने कुरामा विश्वस्त छन् । उनी भन्छन्, “लोकलय मनपराउने ट्रेन्ड चलेका बेला यो गीत पनि दर्शकका लागी नौलो स्वाद हुन सक्छ ।”

सुनिल मकवानपुरमा रहेर संगीतसाधना गरिरहेका छन् । आफैले संगीत गरेको गीत गाउन रचाउने उनको स्वर अन्य थुप्रै चलचित्रका गीतमा समावेश छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu