‘परदेशी २’ बनाउँदै नारायण रायमाझी



चर्चित निर्देशक नारायण रायमाझीले २०७२ सालमा प्रदर्शनमा आएको बल्कबस्टर चलचित्र ‘परदेशी’ को दोस्रो पार्ट निर्माण गर्ने भएका छन् । अहिले उनी चलचित्रको कथामा काम गरिरहेका छन् । फागुनबाट फ्लोरमा जाने तयारी छ ।

उनले भने, ‘अहिले कथामा काम भइरहेको छ । तर, कलाकारहरु फाइनल भने गरिसकेका छैनौं । केही दिनमा कलाकार छनोट प्रक्रियामा लाग्छौं ।’ ‘परदेशी’ मा ‘इण्डियन आइडल’ प्रशान्त तामाङ प्रमुख भूमिकामा थिए ।

सिक्वेलमा प्रशान्त दोहोरिने वा नदोहोरिने फाइनल नभइसकेको निर्देशक रायमाझी बताउँछन् । ‘परदेशी’ भन्दा अगाडि प्रशान्तलाई लिएर रायमाझीले ‘गोर्खा पल्टन’ बनाएका थिए, जुन बक्सअफिसमा सुपरहिट साबित भएको थियो ।

अहिले चलचित्रको स्क्रिप्टसँगै गीत रेकर्डिङको काम पनि भइरहेको छ । अर्को वर्षको दशैंमा चलचित्र रिलिज गर्ने तयारी निर्माण टिमको छ । चलचित्र ‘परदेशी’ ले बैदेशिक रोजगारीमा जाने युवाको कथा वाचन गरेको थियो ।

चलचित्रको गम्भीर कथावस्तुलाई दर्शकले अत्याधिक रुचाएका थिए । चलचित्रमा समावेश गीतसंगीत अझै लोकप्रिय छन् । फिल्ममा प्रशान्तका अलावा रजनी केसी, नरेन खड्का, केशव भट्टराईलगायतका कलाकारहरुको अभिनय थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu