फागुन २ गते वर्षा र संजोगको बिहे



लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका वर्षा राउत र संजोग कोइरालाको विवाहको मिति तय भएको छ । उनीहरुले सोमवार आफ्नो आधिकारिक फेसबुकमा डिजाइन गरिएको एक कार्डमार्फत् यस वर्षको प्रेम दिवसको दिन अर्थात् फागुन २ गते लगनगाँठो कस्ने लागेको जानकारी दिएका छन् ।


‘योभन्दा हामीलाई अत्यन्त खुसी महशुस भइरहेको छ कि हामी जीवनकालसम्मको यात्रा सुरुवात गर्न गइरहेका छौं’, वर्षा र संजोगको विवाहको मिति उल्लेख भएको कार्डमा भनिएको छ । लामो समयदेखि यी दुईलाई विवाहको प्रश्नले हैरान बनाइरहेको थियो । अन्ततः यो प्रश्नबाट उनीहरुले अब छुटकारा पाउने भएका छन् ।

अभिनेत्रीमा वर्षा अहिलेकी ‘हटकेक’ हुन् । उनको नयाँ चलचित्र ‘गोपी’ आउँदो माघ १८ गते रिलिज हुँदैछ भने हाल ‘चौका दाउ’ प्रदर्शनरत छ । यस्तै, ‘दाल भात तरकारी’ को भर्खरै छायांकन सकेकी थिइन् । ‘नाइँ नभन्नू ल ४’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी उनको नाम अहिलेकी सर्वाधिक व्यस्त अभिनेत्रीको सूचीमा अग्रणी स्थानमा आउँछ ।


संजोग पनि नेपाली चलचित्रका अभिनेता हुन् । अभिनय करिअर सुखद नरहेपनि उनी आफ्नो नीजि व्यवसायमा व्यस्त छन् । उनको पछिल्लो रिलिज चलचित्र ‘कथा काठमाडौं’ हो । साथै, ‘उत्सव’, ‘छक्का पञ्जा ३’, ‘बाजीगर’ लगायतका चलचित्रमा पनि काम गरेका छन् । वर्षा र संजोगको प्रेमको रथ चल्न थालेको ५ वर्ष बढी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu