कालीप्रसादको आवाजमा ‘इन्स्टाको फोटो’ सार्वजनिक



कालीप्रसाद बास्कोटाको शब्द, सङ्गीत र आवाज रहेको गीत ‘इन्स्टाको फोटो’ सार्वजनिक गरिएको छ । ‘जी 21 डिजिटल’को अफिसियल यु-ट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा नायक आसिफ शाहको साथमा पछिल्लो समय टिकटकबाट निकै मन पराइएकी रेश्मा घिमिरेलाई पनि देख्न सकिन्छ । हरि हुमागाईले खिचेको म्युजिक भिडियोलाई लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् ।

राजेन्द्र मोक्तानले कलर र राजेश शाहले भि.यफ.यक्सको काम गरेका छन् । भिडियोलाई असिम शाहले निर्देशन गरेका हुन् । ‘नेपाली गीत सङ्गीतको बजार पनि फराकिलो भइरहेको र जी 21 डिजिटल मार्फत स्तरीय सङ्गीतलाई प्रोत्साहन गर्ने हेतुले आफूहरू म्युजिक भिडियोतर्फ पनि केन्द्रित भएको निर्देशक असिम शाहले बताए ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu