निर्मला पन्तको हत्या प्रकरणमाथि ‘कोपिला’ निर्माण



कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा आधारित भएर नेपाली चलचित्र ‘कोपिला’ निर्माण भएको छ । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘पञ्चायत’ निर्देशन गरेका शिवम अधिकारीले यो फिल्मको निर्देशन गरेका छन् । हालै एक महिनादेखि चलिरहेको चलचित्रको छायांकन सकिएको छ ।

शिवम स्वयंले लेखेको कथामा निर्माण भएको चलचित्र करीब ८० लाखमा निर्माण सम्पन्न भएको हो । चलचित्रले स्व. पन्तको बलत्कार र हत्यापछि सिर्जित सामाजिक स्थिति र हालसम्मको अवस्था चित्रण गरिएको निर्देशक अधिकारीले बताए । चलचित्रको प्रमुख पात्र निर्मला अर्थात् टाइटल क्यारेक्टरमा सञ्जीवनी खरेललाई कास्ट गरिएको छ ।


‘कोपिला’ मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोबैज्ञानिक परिस्थिति समाबेश छ । चलचित्रमा मणिराज गौतम र करुणाकर घिमिरे मुख्य निर्माता रहेका छन् । ‘कोपिला’ मा सरिता गिरि, गणेश गिरि, ऋद्धीचरण श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।

कलाकार गणेश गिरीको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्मातामा सुबाशराज काफले, सह-निर्माताहरुमा सम्पादक तथा एनिमिटर समिर मियाँ र छायांकार रामेश्वर कार्की रहेका छन । ‘कोपिला’ मा छायांकार शिब शरण न्यौपाने, मुख्य साहायक निर्देशक राम बाबु खड्का, संगीत दिपक शर्माको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu