स्वस्तिमाको ‘बुलबुल’ ट्रेलर रिलिज (भिडियो)



अभिनेत्री स्वस्तिमा खडकाले टेम्पो ड्राईभरको भुमिकामा निर्वाहा गरेको चलचित्र ‘बुलबुल’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । माघे सङक्रान्तीको अवसर पारेर सार्वजनिक गरिएको ट्रेलरले स्वस्तिमाको चरित्रमार्फत् चलचित्रको कथा भन्ने प्रयास गरेको छ ।

नव-अभिनेता मुकुन भुषाल र लक्ष्मी बर्देवाले पनि ट्रेलरमा पर्याप्त स्थान पाएका छन् । निर्देशक विनोद पौडेलले बजार र आफ्नो रुचि दुवै कुरालाई मिलाएर ट्रेलरमा प्रस्तुत गर्ने जमर्को गरेको बताए । ट्रेलरमार्फत् आफूले चलचित्रको बनौट, कलाकारको अभिनय र कलाको संयोजन प्रस्तुत गर्न खोजेको उनको दाबी छ ।

अविरल थापा निर्मित चलचित्रमा बुद्धि तामाङ, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की आदि कलाकारहरुको पनि अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् । चलचित्रलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् ।

रामराजा दाहाल चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्र भ्यालेन्टाइनको अवसर पारेर फागुन ३ गतेबाट देशभर लाग्दैछ । चलचित्रले केही दिनअघि चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्कालाई दोहोरो भूमिकामा प्रस्तुत गरेको भिडियो सार्वजनिक गरेको थियो । चलचित्रको ‘खुद्रा खाद्री माया’ बोलको गीत अहिले चर्चामा छ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu