सुयोगको ‘सानो मन’ घोषणा, आयुष्मान र शिल्पाको जोडी पर्दामा



सुयोग गुरुङले चलचित्र ‘सानो मन’ बाट निर्देशनमा हात हालेका छन् । म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने चलचित्रको माघ ७ गतेबाट छायांकन सुरु हुँदैछ । मंगलवार माघे संक्रान्तिको अवसरमा राजधानीमा एक कार्यक्रम बीच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको छ ।

‘सानो मन’ मा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको जोडी बाँधिएको छ । यसअघि शिल्पाले ‘कागजपत्र’ र ‘द ब्रेकअप’ मा काम गरिसकेकी छिन् । आयुष्मानले ‘सानो मन’ चलचित्र आफूले धेरै अगाडि साइन गरेको बताए । शिल्पाले पनि दुई वर्ष अगाडि आफू लण्डनमा हुँदा चलचित्रको स्क्रिप्ट सुनिसकेको बताइन् ।


फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको चलचित्रको घोषणा सभामा आयुष्मानले भने, ‘मेरो क्यारेक्टरको नाम निर्वाण हो । चलचित्रको स्टोरी नर्मल छ, मिठो छ, छोटो छ र राम्रो छ ।’ अभिनेत्री शिल्पाले भने स्क्रिप्ट मन परेका कारण चलचित्र छाड्न नसकेको बताइन् । उनी यस चलचित्रमा सानियाको भूमिकामा देखिनेछिन् ।


काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने चलचित्रका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । चलचित्र ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरको तल बन्नेछ । गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ ।

समिर सुनवार र निर्देशक गुरुङको लेखनमा चलचित्र बन्न लागेको हो । आलोक शुक्लाले खिच्ने चलचित्रमा साजन सिंहको कोरियोग्राफी रहनेछ । कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका ‘पर्सनल ट्रेनर’ हुन् । चलचित्रमा सुयोग सोताङको संगीत रहनेछ ।


निर्देशक गुरुङ ‘सानो मन’लाई आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन् । उनी भन्छन्, ‘करीब २ वर्ष अगाडिको प्रोजेक्ट हो यो । तर, कहिले काहिँ आफैंलाई केही कुरामा चित्त नबुझ्दो रहेछ । यसैले केही समय लाग्यो ।’ उनी चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने बताए । चलचित्रको घोषणा सभामा अभिनेत्री गौरी मल्लको जन्मदिन समेत सेलिब्रेट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu